• समाचार

    सर्लाहीमा बस पल्टिदा चालकसहित २४ जना यात्रु घाइते

      ओमकार टाइम्स

    सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका-५ फुलजोर चोकमा सोमबार बिहान बस पल्टीदा चालक सहित बसमा सवार २४ जना यात्रु घाइते भएका छन् ।

    घाइते मध्ये ५३ बर्षीया कमला श्रेष्ठ राइको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको जनकपुर स्थित रामा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

    पारिश्रमिक सहकारी संस्था मोरङबाट भ्रमणको लागी प्युठान पुगेर मोरङतर्फ फर्कदै गर्दा प्रदेश ३-०१-००५ ख ९८६० नम्बरको बस आज बिहान पौने ४ बजे दुर्घटनामा परेको थियो ।

    प्रतिकृया दिनुहोस