• समाचार

    हेतौडामा एमालेबाट ९ मेयर र ७ उपमेयरका उम्मेदवारको नाम सिफारीस

      ओमकार टाइम्स

    काठमाडौं- वैशाख ३० को स्थानीय चुनावका लागि नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका मेयरको उम्मेदवारका लागि ९ जना र उपमेयर पदको लागि ७ जनाको नाम सिफारिस गरिएको छ ।

    आइतबार बसेको नगर कमिटीको बैठकमा सहमति नजुटेपछि आकांक्षी सबैजनाको नाम जिल्ला कमिटिमा पठाइएको हो ।

    हेटौंडाको मेयर पदका लागि आकांक्षी हरिबहादुर महत, रघुनाथ खुलाल, रामेश्वर राना, एकलाल श्रेष्ठ, अनन्त पौडेल, मदन दाहाल, ध्रुव चौलागाईं, विके महर्जन र गणेशकुमारी प्रधानलाई सिफारिस गरिएको हो ।

    महत अहिले पनि मेयर छन् भने खुलाल जिल्ला समन्वय समितिका प्रमुख हुन् । राना नेकपा एमाले केन्द्रीय सदस्य हुन् भने श्रेष्ठ जिल्ला अध्यक्ष हुन् ।

    यस्तै मेयरका अर्का आकांक्षी पौडेल दोश्रो संविधानसभा सदस्य हुन् । दाहाल र चौंलागाईं अधिवक्ता हुन् भने महर्जन यसअघि हेटौंडा उपमहानगरपालिकाको वातावरण महाशाखा प्रबन्धकमा कार्यरत थिए ।

    मेयर पदमा सिफारिस एक मात्र महिला प्रधान भने जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य छिन् ।

    सुमित्रा काफ्ले, मेनुका दाहाल, सीता विष्ट, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपाललाई उमपेयरका लागि सिफारिस गरिएको छ ।

    प्रतिकृया दिनुहोस