• मुख्य

    मेलम्चीको मुख्य सुरुङमा पानी छोडियो, १५ दिनभित्र काठमाडौंमा पानी पुग्ने

      ओमकार टाइम्स

    काठमाडौं– बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा पानी भर्ने काम आजदेखी सुरू गरिएको छ ।

    टनेल सफा गर्ने काम सकिएपछि सुरुङमा पानी भर्ने काम शुरु गरिएको हो ।
    सुरुङमा पानी पठाउन खानेपानीमन्त्री उमाकान्त चौधरी मुख्य आयोजनास्थल आम्बाथान पुगेका छन् ।

    मन्त्री चौधरीले २६५ लिटर प्रतिसेकेण्डका दरले मुख्य सुरुङभित्र पानी पठाएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जनाए ।

    चैत मसान्तभित्र काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने वाचा गरेका मन्त्री चौधरीले सुरुंगमा पानि पठाएर त्यसको शुरुवात गरेका हुन् ।

    टनेलभित्र लेदो भरिएर जाम भएकोले त्यसलाई सफा गर्न समय लागेको कारण आज पानी पठाएईपछि वैशाखको दोस्रो सातोदेखि मात्रै काठमाडौंबासीले पानी खान पाउने छन् ।

    गत असार १ को बाढीले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । मुख्य मुहानमा क्षतिसँगै मेलम्ची पुनः काठमाडौं ल्याउन सकिने नसकिने भनी अन्योल थियो ।

    प्रतिकृया दिनुहोस