• मुख्य

    डब्लुएचओका महानिर्देशक डा.टेड्रोस एड्हानोम गेहब्रेयसस नेपाल आउने

      ओमकार टाइम्स

    काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशकडा.टेड्रोस एड्हानोम गेहब्रेयसस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा नेपाल आउने भएका छन् ।

    स्वास्थ्य सचिव डा. रोशन पोखरेलले विश्व स्वास्थ्य संगठनका महासचिव डा.टेड्रोस आउने बताएका छन् ।

    उनी वैशाख ८ (२१ अप्रिल) मा नेपाल आउन लागेका हुन्।नेपालमा रहँदा डा. टेड्रोससहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

    प्रतिकृया दिनुहोस