• समाचार

    धामी झाँक्रीबाट झारफुक गराउँदा महिलाको मृत्यु, ७ जना पक्राउ

      ओमकार टाइम्स

    कञ्चनपुर — रूढीवादी परम्पराअनुसार धामी झाँक्रीबाट झारफुक गराउँदा कञ्चनपुरमा एक बिरामी महिलाको मृत्यु भएको छ ।

    अस्वस्थ हुँदा उपचारका लागि राम्रो अस्पतालमा नगई केही दिनदेखि धामी झाँक्रीबाट झारफुक गराउँदा कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ६ बस्ने ४३ वर्षीया रन्चुला साउदको मृत्यु भएको हो ।

    ‘रूढीवादी परम्परा र धामी झाँक्रीका कारण एकल महिला रन्चुला साउदले ज्यान गुमाउनुपर्यो । यो जघन्य अपराधको घटना हो । उक्त घटनाको सत्य तथ्य छानबिन गरी दोषी माथि कडाभन्दा कडा कारबाही होस् र पीडित पक्षले न्याय पाओस्’, घटनाबारे जानकारी दिँदै वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले भने ।

    भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल बस्ने धामी झाँक्री धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका वडा नम्बर १ बाराकुण्डा बस्ने धामी झाँक्री नारायण दत्त भट्टको नेतृत्वमा मुसेपानीस्थित स्थानीय कमला साउदको घरमा उक्त घटना भएको हो ।

    मृतक महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा राखिएको छ । घटनाबारे अनुसन्धानका लागि प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस