• खेलकुद

    नेपाली फुटबल टिम अभ्यासमा व्यस्त

      ओमकार टाइम्स

    काठमाडाैँ । कुवेतमा आयोजना हुने एएफसी एसियन कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण गरिरहेका छन् । आगामी जुनमा आयोजना हुने छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने आशा खेलाडीहरूले राखेका छन् ।

    फुटबल टिमका खेलाडीले यसपटकको प्रतियोगिता कठिन भएपनि आफूहरू लड्नका लागि जाने र सकारात्मक नजिताको आशामा रहेको बताए ।नेपाली टोलीका उपकप्तान रोहित चन्दले टिमको फोकस एसियन छनोटमा रहेको र राम्रो योजनाहरू तयार भएको बताए ।

    उनले नेपालले खेल्ने तीनै टिम बलियो भएको बताए । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो दिन नै नेपाल एशियन कपमा छनोट हुन नसक्ने विषयमा उनले खेलाडीको हौसला बढाउन यस्तो धारणा आएको हुनसक्ने बताए । फुटबलको विकासका लागि मुख्य ध्यान भनेको ग्रासरुटमा गर्नुपर्ने उनको भनाइ छ ।

    त्यस्तै, टिमका खेलाडी सुजल श्रेष्ठले यसअघिको नजितालाई हेरेर नभई टिमलाई नयाँ ढंगले मजबुद बनाउँदै अघि बढ्ने बताए । कोचका कुराले कन्फिडेन्स विल्डअप गर्न काम भएको उनले बताए ।

    त्यस्तै, खेलाडी नवयुग श्रेष्ठले आफूलाई पहिलाको फर्ममा आउन राम्रो मौका रहेको बताए ।

    एएफसी एसियन कप छनोटमा नेपाल समूह ’ए’ मा रहेको छ । यस समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरू जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।

    दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । छनोटबाट समूहको शीर्ष टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।

    प्रतिकृया दिनुहोस