• समाचार

    विराटनगरमा आगलागी हुँदा चार पसल पूर्ण रूपमा जलेर नष्ट

      ओमकार टाइम्स

    विराटनगर । विराटनगर महानगरपालिका–७, अस्पताल चोकमा रहेको होटेल र पसलमा सोमबार राति १२ बजे आगलागी हुँदा चार पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

    विराटनगर महानगरपालिका वारुणयन्त्र कार्यालयका दिनेशकुमार चौधरीका अनुसार कुमारप्रसाद घिमिरेको घरमा सञ्चालित होटेल र किराना पसल आगलागीबाट जलेर नष्ट भएको भएको छ ।

    उक्त आगो विराटनगरका तीन र दुहवी नगरपालिकाको एक वारुणयन्त्र, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आज बिहान २ बजे नियन्त्रणमा लिएको कार्यालयका फायरम्यान चौधरीले जानकारी दिए ।

    आगो के कसरी लागेको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ भने क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको चौधरीले बताए ।

    आगो नियन्त्रणका क्रममा कार्यालयका तीन कर्मचारी घाइते भई स्थानीय म्याक्स अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस