• समाचार

    सिवाइसी नेपाल लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

      ओमकार टाइम्स

    काठमाडौँ, ६ बैशाख । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको आइपीओमा आजसम्म आवेदन दिन पाइन्छ । आइपीओमा मागभन्दा ५७.२६ गुणा बढी आवेदन परेको कम्पनीले जनाएको छ

    सोमवार साँझ ५ बजेसम्म १८ लाख ६३ हजार ७९४ जनाले २ अर्ब ११ करोड ५९ लाख ७२ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख ५९ हजार ७२० कित्ताका लागि आवेदन परेको छ ।कम्पनीले जारी गरेको कुल कित्तामध्ये जारी पूँजीको ६ हजार ८२ कित्ता शेयर कर्मचारी, १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोषलाई र बाकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस