• समाचार

    ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत

      ओमकार टाइम्स

    ललितपुर । ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

    उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले महाङ्काल गाउँपालिका-६ ठुला दुर्लुङ सिलिङ्गे बस्ने ५१ वर्षीय डिल्लीराम सिवाकोटीलाई सोमबार राति पक्राउ गरेको छ ।

    सिवाकोटीले ती किशोरीलाई ललाई फकाई २०७८ भदौदेखि पटकपटक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    प्रहरी वृत्त चापागाँउ र प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    प्रतिकृया दिनुहोस