• समाचार

    छुट्टाछुट्टै ठाउमा चट्याङ लागि दुइजनाको मृत्यु

      ओमकार टाइम्स

    चट्याङ लागेर काभ्रेपलाञ्चोक र मकवानपुरमा मंगलबार दुई जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–७ ठूलोबासपुर केराबारी बस्ने १६ वर्षीया कान्छि माया मोक्तानको चट्याङ लगेर मंगलबार साँझ मृत्यु भएको हो ।

    आफ्नै घरमा अचानक परेको चट्याङ लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, मकवानपुरको राक्सिराङ गाउँपालिका–८ गोर्याङ बस्ने ६५ वर्षीय जित बहादुर गोलेको पनि चट्याङ लगेर मंगलबार साँझ मृत्यु भएको छ ।

    आफ्नै घरमा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङको झड्का लाग्दा गम्भीर घाइते भएका उनको मनहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गतवर्ष २०३ वटा चट्याङका घटनामा परी ५६ जनाको मृत्यु भएको थियो भने १७९ जना घाइते भएका थिए ।

    प्रतिकृया दिनुहोस