• समाचार

    पोखरा मेयर एकीकृत समाजवादीलाई दिएको विरोधमा काँग्रेसले गर्यो तालाबन्दी

      ओमकार टाइम्स


    पोखरा महानगरपालिका सत्ता गठबन्धनमा सहभागी नेकपा एकीकृत समाजवादीलाई दिएको विरोधमा नेपाली काँग्रेसले तालाबन्दी गरेको छ ।

     

    सत्ता गठबन्धनमा सहभागी दलले भागवण्डा गर्दा पोखरा एकीकृत समाजवादीलाई दिएपछि जिल्ला काँग्रेस पार्टी कार्यालयमा तालाबन्दी गरिएको हो ।

    काँग्रेस पोखरा उपमहानगरपालिका कमिटीका सचिव टुकराज बास्तोला र गणेशबहादुर थापाले एक विज्ञप्ति जारी गर्दै काँग्रेस नेता कार्यकर्ताको अपमान हुनेगरी एकीकृत समाजवादीलाई दिएको भन्दै निर्णय नसच्याएसम्म ताल नखोल्ने बताएका छन् ।

    यस्तै पोखरा महानगर पालिका कमिटीले पार्टीको गणकी प्रदेश कार्यालयमा समेत तालाबन्दी गरेर सत्ता गठबन्धनको निर्णय सच्याउन दबाब दिने तयारी गरेको छ ।

    प्रतिकृया दिनुहोस