• अर्थ

    सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो

      ओमकार टाइम्स

    नेपाली बजारमा आज बिहीबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ ।

    छापावाल सुन आज प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार १ लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै महासंघका अनुसार तेजावी सुनको मूल्य पनि ३ सय रुपैयाँले नै बढेको छ ।

    आज तेजावी सुन १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार तेजाबी सुन १ लाख १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेको छ । आज चाँदी १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    बुधबार चाँदी १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिकृया दिनुहोस