• समाचार

    पत्रकार धमलाले कारबाही स्वरुप लिए आचारसंहिता कक्षा

      ओमकार टाइम्स

    काठमाडौँ – आचारसंहिता उल्लंघन गरेको भन्दै पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिल नेपालले कक्षा लिन लगाएको छ ।

    जहाजमा जबर्जस्ती क्यामेरासहित प्रवेश गरेर लाइभ प्रसारण गरेको, कर्मचारीमाथि गलत व्यवहार गरेको विषयलाई गम्भीर रुपमा लिइ काउन्सिलले धमलालाई आचारसंहिता अभिमुखिकरण कक्षामा सहभागी गराएको जनाएको छ ।

    जहाजभित्र जबर्जस्ती लाइभ गरेको, नेपाल बार एशोसिएसनको बैठकमा समेत अनुमति बिना पसी लाइभ गरेको विषयमा काउन्सिल अन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको बैठकले उनलाई शुक्रबार कक्षामा राख्ने र आइन्दा उल्लंघन नगर्न सचेत गराउने निर्णय गरेको थियो ।

    सोही निर्णयलाई पालना गर्दै धमला शुक्रबार कक्षा लिन दिउँसो १२ बजे काउन्सिल पुगेका थिए । काउन्सिलले पत्रकार आचारसंहिताको गम्भीर उल्लंघनकर्तालाई आवश्यकता अनुसार अभिमुखिकरण कक्षामा राख्ने नयाँ व्यवस्था थालनी गरेको हो ।

    प्रतिकृया दिनुहोस