• समाचार

    धनुषामा कार दुर्घटना : एक जनाको मृत्यु, तीन जना घाइते

      ओमकार टाइम्स

    धनुषाको लक्ष्मिनिया गाउँपालिका-४ सपहीमा शनिबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कार चालक भारतिय नागरिक नविन कुमार राय रहेका छन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागी जनकपुर स्थित प्रादेशिक अस्पताल पु–याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका कारमा सवार सोनु कुमार गुप्ता, विशाल कुमार राय र गोलु कुमार महतोको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    घाइते मध्ये गोलुको अवस्था गम्भीर रहेको छ ।

    महेन्द्रनगरबाट जनकपुर तर्फ जाँदै गरेको भारतिय नम्बरको कार गएराती सवा ११ बजे अनियन्त्रीत भई माटोको डिस्कोमा ठोकिएको थियो ।

    प्रतिकृया दिनुहोस