• सम–सामयिक

    स्थानीय र पश्चिम वायुको प्रभावले वर्षाको सम्भावना

      ओमकार टाइम्स

    काठमाडौँ- हाल देशको पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

    मंगलबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली  रहनेछ र देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

    सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा  मेघ गर्जनरचट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।

    प्रतिकृया दिनुहोस