• मुख्य

    कम्तीमा ६ देखि ९ महिनाको बीचमा बुस्टर डोज खोप लगाउन सुझाव

      रासस


    कोरोना भाइरस विरुद्धको वुस्टर डोज खोप ६ देखि ९ महिनाको बीचमा लगाउन विज्ञहरूले सुझाव दिएका छन् ।  विश्वका धेरै ठाउँमा दोस्रो मात्राको खोप लगाएपछि खोप लगाउन छोडेको र कतिपय देशका बुस्टर जोड खोप पनि निकै थोरै मानिसले मात्रै लगाइएको पाइएकोले चिकित्सकहरूले यस तर्फ ध्यानाकर्षण गराएका हुन् ।

    टाटा इन्स्टीच्युड फर जेनेटिक्स एन्ड सोसाइटी व्याङलोरका निर्देशक डा. राकेश मिश्रले एएनआईसँगको अन्तर्वार्ताको क्रममा भने, ‘दोस्रो डोज लगाएको ६ देखि नौ महिनाको बीचमा तेस्रो डोज लगाउनुपर्छ ।’ बढीमा नौ महिना अगाडि नै बुस्टर जोड लगाइसक्नु पर्नेमा जोड दिँदै उनले पाँच महिना अगाडि लगाउन आवश्यक नभएको पनि स्पष्ट पारे  ।

    दोस्रो डोज लगाएकाहरूले खोप लगाएको पाँच, छ महिनाभन्दा बढी समय भएको भए तत्काल उनीहरूलाई तेस्रो मात्रा लगाउने व्यवस्था सरकारले गर्नुपर्ने उनको भनाई छ ।  बढीमा नौ महिना भित्रमा तेस्रो मात्राको खोप लगाएन भने कोरोनाको असर बढी पर्ने भएकाले अहिले नै सतर्क हुन उनले सुझाव दिए ।

    भारतमा चाडै नै कोरोना भाइरसको चौथो महामारी सुरु हुन सक्ने चेतावनी दिदै उनले त्यसबाट लड्न सबैले तेस्रो मात्राको खोप लगाएर बस्नु पर्ने बताए  । रासस

    प्रतिकृया दिनुहोस