• समाचार

    बाढीले बगाएर बालिकाको मृत्यु

      ओमकार टाइम्स

    शुक्रबार साँझको करिव ५ बजेको थियो। भेटघाटमा आएकी ८ वर्षिया बहिनीलाई माइती गाउँसम्म पठाउन भूमिकास्थान नगरपालिका वडा नं. १ आमडाँडा निवासी दिदी दुर्गा घर्ती बहिनी शिवानीलाई लिएर घरबाट निस्किईन।

    घरबाट निस्किएपछि सिमसिम पानीमा दिदी र बहिनी सँगै हिँडेका थिए। घर नजिकैको बेसारेखोला खोल्सी तर्ने क्रममा एक्कासी माथिबाट बाढी आयो। लेदो माटोसहितको बाढीले दिदीबहिनीलाई एक्कासी बगायो।

    हात समातेर हिडिरहेका दिदीबहिनीलाई खोलाले बगाएपछि दिदी केही तल बाँसको हाँगो समाएर फुत्किन सकिन। तर, ८ वर्षिया बहिनी शिवानीलाई दुर्गाले बचाउन सकिनन्।

    रात परिसकेका कारण दुर्गा घर फर्किइनन् तत्कालै प्रहरी चौकी ढाकावाङ्गमा खबर गरियो प्रहरीको टोलीले राति करीब १२ बजेसम्म खोज्दा पनि फेला नपरेपछि प्रहरी पनि रित्तो हात फर्कियो। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीसहित स्थानीयवासीहरु शनिबार बिहान हिलोमा गडेको अवस्थामा बालिकाको शव फेला पार्यो।
    बालिकाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल प्यूठानमा पठाएको छ।

    प्रतिकृया दिनुहोस