• समाचार

    ट्रकसहित ५३ केजी गाँजा बरामद

      ओमकार टाइम्स


    वीरगन्जमा प्रहरीले मालवाहक ट्रकबाट ठूलो परिमाणमा गाँजासहित ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको छ ।  मकवानपुरबाट पर्साको भेगतर्फ जाँदै गरेको ना.३ ख ६३८४ नम्बरको मिनी ट्रक , वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सास्थित लिटिल फलावर स्कुल नजिकै प्रहरीले रोकेर चेकजाँच गरेको थियो ।

    चेकजाँचका क्रममा उक्त मिनी ट्रकमा दुईवटा बोराभित्र लुकाएर राखिएको ६ पोकामा रहेको ५३ केजी गाजा बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । गाँजा र मिनी ट्रकसँगै चालक मकवानपुरको हेटौडा ११ का ४५ वर्षीय पूर्णबहादुर मोक्तान र सहचालक हेटौडा ४ का राज भुलनलाई नियन्त्रणमा लिइएको खनालले बताए ।

    खनालका अनुसार , मकवानपुरको ग्रामीण भेगबाट ल्याइएको गाँजा, पर्साको ग्रामीण भेगका नाकाहुँदै भारत तस्करी गरेर लैजाने क्रममा प्रहरीले बरामद गरेको हो ।गाँजा र मिनी ट्रकसहित नियन्त्रणमा लिइएकालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस