• समाचार

    उत्तर कोरीयालाई धम्की दिए सुरुवातमै परमाणु हतियार प्रयोग गर्छाैं : किम

      ओमकार टाइम्स

    उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशलाई धम्की दिएमा सुरुवातमा नै परमाणु हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएका छन् । उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले शनिबार यो जानकारी दिएको हो ।

    राजधानी प्योङयाङमा यस हप्ता ठूलो सैन्य परेड आयोजना गरेकोमा किमले आफ्ना उच्च सैन्य अधिकारीहरूको प्रशंसा पनि गरेका छन् । किमले उत्तर कोरियाको सेनालाई आणविक हतियार विस्तारलाई जारी राख्न समेत निर्देशन दिएका छन् ।

    किमले शत्रु देशहरूबाट बढ्दो आणविक खतरालाई ध्यानमा राख्दै यो आवश्यक भएको बताएका छन् । केसीएनएका अनुसार सोमबार आयोजित परेडमा किमले सैन्य अधिकारीहरूको कामको प्रशंसा गरेका थिए

    प्रतिकृया दिनुहोस