• समाचार

    मन्त्रिपरिषद् बैठकः नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंह नियुक्त

      ओमकार टाइम्स

    नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नियुक्त भएका छन् ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको हो ।

    आईजीपीका लागि सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक दौडमा थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले वरीयतामा तेस्रो नम्बरमा रहेका सिंहलाई आईजीपी बनाएका हुन् ।

    तर, सत्ता गठबन्धनका नेता र गृहमन्त्री बालकृष्ण खाँण वरीयता नमिचेरै अर्थात् पहिलो नम्बरमा रहेका विश्वराज पोखरेललाई आईजीपी बनाउनुपर्ने अडानमा थिए ।

    प्रतिकृया दिनुहोस