• समाचार

    बबरमहलमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

      ओमकार टाइम्स

    काठमाडौंको बबरमहलमा गएराती स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने अन्दाजी २६ बर्षीय केबिन श्रेष्ठ रहेका छन् ।

    उनको उपचारको क्रममा वीर अस्पतालमा राती पौने २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बानेश्वरबाट बबरमहल आउदै गरेको बा ६१ प ८९८८ नम्बरको स्कुटर गएराती पौने १२ बजे अनियन्त्रीत भई सडकको नालीमा पल्टिएको थियो ।

    प्रतिकृया दिनुहोस