• समाचार

    मतदाताको पाउमा नोट राख्दै, ढोगेर भोट माग्दै !

      ओमकार टाइम्स

    सिन्धुपाल्चोक — स्थानीय चुनाव नजिकिएसँगै उम्मेदवारहरु घरदैलो अभियानमा लागेका छन् ।

    उनीहरु विकासका योजना सुनाउँदै मतदाताको घरघरमा गएर भोट मागिरहेका छन् । तर, मेलम्ची नगरपालिका–१० का वडा अध्यक्षका उम्मेदवार अमृत खनाल भने भोट मात्रै मागिरहेका छैनन्, नोट पनि बाँडिरहेका छन् । खनाल नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका हुन् ।

    मत माग्दै घरदैलो अभियान गरिरहेका उनी मतदाताको पाउमा हजारका नोट राख्दै ढोगेर भोट मागिरहेका छन् । उनले मतदाताको पाउमा हजारका नोट राख्दै ढोगेर भोट मागिरहेको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    प्रतिकृया दिनुहोस