• समाचार

    नसामा लठ्ठिएर एसएसबीका जवानले दशगजामा गोली चलाएपछि…

      ओमकार टाइम्स

    विराटनगर — नेपाल–भारतको सीमा क्षेत्र विराटनगर–१८ इस्लामपुरमा भारतीय सुरक्षाकर्मीले हवाई फायर गर्दा स्थानीयबासी त्रसित भएका छन् ।

    स्थानीयले दिएको जानकारीअनुसार सीमा सुरक्षामा खटिएका भारतीय एसएसबी टोलीका एक जना जवानले तीन राउण्ड हवाई फायर गरेका हुन् । सोमबार २ बजे ड्युटीमा खटिएका जवानले दुई राउण्ड जमिनतर्फ र एक राउन्ड आकाशमा फायर गरेको विराटनगर १८ इस्लामपुरका स्थानीय सुरज मण्डलले जानकारी दिए ।

    स्थानीयकाअनुसार ड्युटीमा खटिएका एसएसबीका जवान मदिरा सेवन गरी लठ्ठिएको पाइएको थियो । होहल्ला गरेपछि स्थानीयले एसएसबीको टोलीलाई घेराउ गरेका थिए । हवाई फायरबाट कुनै मानवीय क्षति भने भएको छैन ।मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले दशगजा क्षेत्रमा गोली चलेको पुष्टि गरे ।

    प्रतिकृया दिनुहोस