• समाचार

    गाडीले ठक्करबाट वरिष्ठ प्रहरी हवल्दारको मृत्यु

      ओमकार टाइम्स

    धनुषामा गाडीको ठक्करबाट वरिष्ठ प्रहरी हवल्दारको घटनास्थलमा नै मृत्यु भएको छ ।

    गाडीको ठक्करबाट इलाका प्रहरी कार्यालय ढल्केवरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    पूर्वपश्चिम लोक राजमार्ग अन्तर्गत धनुषाको ढल्केवरचोकमा ड्युटी सकाएर कार्यालयतर्फ पैदल जाँदै गर्दा प्रहरी वरिष्ठ हवल्दार पराजुलीलाई इलाका प्रहरी कार्यालयकै अगाडी नम्बर नखुलेको गाडीले ठक्कर दिएर फरार भएको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस