• समाचार

    नेपालले जिम्बाबे एसँग प्रतिष्पर्धा गर्ने

      ओमकार टाइम्स

    काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार ‘जिम्बाबे ए’ सँग तेस्रो टि २० क्रिकेटमा प्रतिष्पर्धा गर्दैछ ।

    खेल दिउँसो १ बजे त्रिभूवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा शुरु हुनेछ ।पहिलो खेलमा ६ विकेटले पराजित भएको नेपाल बुधबार जित निकाल्दै तीन खेलको टि २० श्रृंखला जोगाउन प्रयासरत हुनेछ। सिरिजको दोस्रो खेल भने वर्षाका कारण स्थगित भएको थियो ।आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एकदिवसीय श्रंखलाको तयारीस्वरुप नेपालले अहिले घरेलु मैदानमा जिम्बाबे एसँग अभ्यास गरिरहेको हो । आउँदो जेठ २३ देखि असार २ गतेसम्म अमेरिकामा हुने त्रिदेशीय श्रृंखलामा नेपाल,अमेरिका र ओमान रहेका छन् ।

    प्रतिकृया दिनुहोस