• समाचार

    धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

      ओमकार टाइम्स

    काठमाडौं । धनकुटाको साँगुरीगढी गाँउपालिका-३ सल्लेनी डाँडामा गएराती मोटरसाइकल दुर्घटना हुंदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

    मृत्यु हुनेमा साँगुरीगढी-३ मदेन टोलका अन्दाजी ३८ बर्षीय ईन्द्र बहादुर याखा रहेका छन् ।

    कुशेटारबाट मदेनतर्फ आँउदै गरेको याखाले चलाएको को २८ प ७४७१ मोटरसाइकल अनियन्त्रीत भई गएराती पौने १२ बजे दुर्घटनामा परेको थियो ।

    मोटरसाइकल सडकबाट अन्दाजी ५०० मिटर तल खसेको प्रहरी चौकी डाँडाबजारले जनाएको छ ।

    प्रतिकृया दिनुहोस