• समाचार

    म हुनपर्ने कमेडियन हो – केशव स्थापित

      ओमकार टाइम्स

    काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै २०५४ सालमा आफू अत्यधिक मतसहित महानगरको मेयरमा निर्वाचित भएपछि   अझैँ पनि आफूलाई सबैले मेयरसाप भनेर बोलाउने गरेको बताएका छन् ।

    ‘अहिले पनि मलाई मेयर साप भन्छन् के, ठूलो परिचय छ मेरो, मलाई सर कसैले पनि भन्दैनन्, मन्त्रीज्यू पनि कसैले भन्दैनन् । मलाई आम रूपमा मेयर साप भन्छन् ।’ स्थापितले भने, ‘मेरो आग्रह मेयर सापलाई पुनः मेयर बन्न पाऊँ भन्ने मात्र हो । जनताको सेवा गर्न पाऊ । मैले मेरो परिचय खुलाउन नै परेन, किन मतदान गर्नू भन्न नै परेन, किन नगर्ने भन्ने प्रश्न पो आउँछ ।’नेकपा एमालेका उम्मेदवार स्थापितले आफू कमेडियन हुनुपर्ने बताए । उनले आफूमा जति अन्य उम्मेदवारमा रसिलोपन नभएको समेत टिप्पणी पनि गरे । ‘म जत्तिको जिम, ध्यान र योग गर्ने मान्छे सबैले पाउँछ र ?’

    प्रतिकृया दिनुहोस