• राजनीति

    ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी

      ओमकार टाइम्स


    काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी ओलीले मतदान गरेको वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

    ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गरेका थिए ।

    यो वडामा कांग्रेसका प्रदीप कार्कीको प्यानल नै विजयी भएको छ । कार्की १ हजार ५११ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गरेका हुन् ।

    प्रतिकृया दिनुहोस