• फिचर समाचार

    बुद्धको जन्मस्थल लुम्बिनी आउन पाउँदा सौभाग्यशालीः मोदी

      ओमकार टाइम्स

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान् बुद्धको पवित्र जन्मस्थल लुम्बिनी आउन पाएकोमा आफू सौभाग्यशाली भएको बताएका छन्।

    सोमवार लुम्बिनीमा एक समारोहलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले भगवान् बुद्धको पवित्र जन्मस्थल’ आउन पाएकोमा आफू सौभाग्यशाली भएको बताएका हुन्।

    मोदीले वैशाख पूर्णिमाको दिन विगतमा पनि भगवान् बुद्धसँग सम्बन्धित विभिन्न दिव्यस्थलहरूमा जाने मौका मिलेको भन्दै यसपालि बुद्धको पवित्र जन्मस्थली आउन पाएको बताए। उनले भने, ‘त्यो ठाउँ जहाँ स्वयं भगवान् बुद्धले जन्म लिए त्यहाँको ऊर्जा र त्यहाँको चेतना एउटा बेग्लै अनुभूति हो।’

    उनले वैशाख पूर्णिमाकै दिन भगवान् बुद्धले भारतस्थित बोधगयामा बुद्धत्व प्राप्त गरेको र कुसीनगरमा महापरिनिर्वाण प्राप्त गरेको स्मरण गर्दै दुवै देश मिलेर यी क्षेत्रलाई समृद्ध बनाउनुपर्ने बताए।

    मोदीले भने, ‘भारतको बोधगया, कुसीनगर र सारनाथसहित नेपालको लुम्बिनीजस्ता पवित्रस्थल हाम्रा साझा विरासत र मूल्यका प्रतीक हुन्। हामीले यिनलाई मिलेर विकास र समृद्ध पार्नु छ।’उनले नेपाल आउँदा आध्यात्मिक आशीर्वाद पनि मिल्ने गरेको बताए।

    प्रधानमन्त्री मोदीको भारतको प्रधानमन्त्रीको हैसियतमा यो पाँचौँ भ्रमण हो। यसअघिका भ्रमणहरूमा उनी पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरधाम पुगिसकेका छन्।

    प्रतिकृया दिनुहोस