• कला/ साहित्य

    कबिता: “प्रजातन्त्र तिमी अबिरल बग्दै जाउ´´

      ओमकार

     

    शीर्षक: “प्रजातन्त्र तिमी अबिरल बग्दै जाउ”

     

    (प्रजातन्त्र तिमी मिरमिरे उज्यालो सङ्गै बिउँझिनु है)“
    गाउँका सोझासाझा मानिषहरु सङ्गै रमाउनु है ।
    म तिमिलाई यो आग्रह गर्छुकी, तिमी हिमाली लेकहरुमा जाउ ।।
    अनि ती बेशिका फाटहरुमा पनि छाउ ।।
    पहाड र तराईका फाटहरुमा गितको मीठो धुन बनेर जाउ ।।
    प्रजातन्त्र , तिमी एकलकाटे भएर हैन ।
    सहकार्य गर्दै जाउ ।

    जसले जेजे भनेपनी कहिल्यै नरिशाउ ।
    तिमिलाई मैले धेरैचोटी अनुरोध गरिसके , निमुखा किशानहरुको घाउमा मलमपट्टी लगाउ भनेर ।।
    अनि बाबा-आमा गुमाएका, बालबालिकाहरुको सहारा भएर आउ भनेर ।।
    प्रजातन्त्र, तिमी ती सडकमा भौतारिरहेका भिखारीहरुको , आहारा भएर आउ। साहारा भएर आउ ।

    तर , कता-कता सुन्नमा यो आएकोछ , तिमी त बजारमुखी भयौ रे !
    जनताका गुनासाहरु सुन्न छाड्यौ रे !
    के यो सत्य हो? यदि हो भने ,
    तिमी सत्मार्गमा आउ ।
    सबै गरिबहरुलाई समेटाउ ।
    बालक,युवा र वृद्धहरु समेत,
    लाभ पाईरहुन तिमिबाट हमेसा,
    अब तिमिले दरिलो बन्नु छ ।
    सबै नेपालिको मुटुको स्पन्दन भएर आउनुछ ।

    अनि, यो जन्मसिद्ध हिन्दुअधिराज्यको रक्षा गर्नुछ ।

    प्रजातन्त्र, तिमी नबदुलही झै बनेर आउ,
    खहरे र सामुनदि्रक तुफान हैन,
    तिमी अबिरल बग्दै जाउ ।
    तिमिलाई साधुबाद छ
    (तिमी अविरल बग्दै जाउ )

    कवि: रबिन्द्र ढुंगाना
    गौरादह-९, बैगुन्धुरा, झापा।

    प्रतिकृया दिनुहोस