• बिज्ञान/ प्रविधि

    चेरीले नेपालमा आफ्नो फ्ल्यागसिप मोडल टिग्यो ८ प्रो लन्च

      ओमकार टाइम्स

    नेपालमा चेरी कारका लागि आधिकारिक वितरक एस.पी.जी अटोमोबाइल्स प्रालिले फ्ल्यागसिप मोडल टिग्गो ८ प्रो आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको छ । टिग्गो ८ प्रोमा चेरीको टेक्नोलोजी समावेश छ ।

    यो १.६ टीजीडीआई र ७डीसीटीको संयोजनले भरिएको छ, जुन यही क्याटागोरीको शीर्ष १० मा सूचीबद्ध गरिएको कम्पनीको भनाइ छ । यो गाडीमा फुल एलईडी लक्जरी लाइटिङ्ग सेट र विशेष लक्जरियस लेदर सिटहरु स्ट्यान्डर्डको रुपमा उपलब्ध छन् भने चेरी अटोमोबाइलले नयाँ पुस्तामा यस मोडललाई ‘लक्जरियस्ली डेकोरेटिभ टेरेस्ट्रियल फ्लाइट ककपिट’ को रुपमा निर्माण गर्न प्रयास गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस