• समाचार

    बाढी र पहिरोका कारण आज यी सडक छन् अवरुद्ध

      ओमकार टाइम्स

    काठमाडौं । बाढी र पहिरोका कारण देशका विभिन्न स्थानामा सडकहरु अवरुद्ध भएका छन् । लमजुङको बेसिशहर नगरपालिका-१ उदिपुरस्थित सडकमा गएराति पहिरो जाँदा सडक अवरोध भएको छ ।

    अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका-१ तिप्ल्याङस्थित सडकमा शुक्रबार बिहान पहिरो जाँदा बेनी-जोमसोम सडकखण्ड अवरोध भएको छ ।

    अस्थायी प्रहरी पोष्ट तिप्ल्याङबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

    तनहुँको शुक्लागण्डकी नगरपालिका-७ स्थित बेलचौतारा-भिमाद भित्री सडकखण्डको स्याउली बजारमा नयाँ बनाउँदै गरेको रोडमा वर्षाको कारण खाडल परी गएराति सडक अवरोध भएको छ । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

    नवलपरासी (पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका-१ स्थित पूर्व पश्चिम राजमार्गमा पुल निर्माणको लागि बनाइएको डाइभर्सन गएराति बगाएपछि सडक अवरोध भएको छ । इलाका प्रहरी कार्यालय नयाँबेलहनीबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

    बाढी तथा पहिरो गएको स्थानमा तत्काल खटिएको प्रहरी आवश्यक उद्धार कार्य समेत गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस