• मुख्य

    ५ वर्षमा ६ करोड बढी अकुत कमाउने सुब्बा अख्तियारको फन्दामा

      ओमकार टाइम्स

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुढी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारी विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।भण्डारीले २०७३ असोज २१ गतेदेखि २०७८ पौष मसान्तसम्म ६ करोड २४ लाख ४ हजार ६ रुपैया अकुत सम्पती कमाएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    वरिष्ठ व्यवस्थापन सहायक पदबाट भण्डारी २०७३ असोज २१ गते राजपत्र अनंकित प्रथम श्रेणी अन्तर्गत सार्वजनिक सेवामा प्रवेश गरेका थिए । उनले  २०७७ साउनमा स्वेच्छिक अवकाश लिएका थिए । सेवा प्रवेशको झन्डै ५ वर्षमा उनले ६ करोड बढी अकुत सम्पत्ति कमाएको अख्तियारको छानविनमा देखिएको छ । उनको सम्पत्ति छानविनमा स्रोत नखुलेको सम्पत्ति ६ करोड २४ लाख ४ हजार ६ रुपैया देखिएपछि सो रकम भष्टाचार गरेको ठहर गरी गैरकानुनी सम्पत्ति जफत गर्न मागदाबीसहित आरोपपत्र दायर गरेको हो ।

    भण्डारीमाथि भष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा २ बमोजिम कैद एवं बिगो बमोजिम जरिवाना गर्न र स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग गरिएको प्रवक्ता भण्डारीले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस