• विदेश

    हिंसात्मक प्रदर्शनका कारण बिहारका १२ जिल्लामा इन्टरनेट बन्द

      एजेन्सी

    अग्निपथ योजनालाई लिएर बिहारमा चर्को हंगामाको बीचमा राज्य सरकारले ठूलो निर्णय गरेको छ। सरकारले धेरै जिल्लामा इन्टरनेट, फोन, मोबाइल सेवा बन्द गरेको छ ।

    बिहारका जिल्लाहरूमा इन्टरनेट र टेलिकम सेवाहरू आगामी ४८ घण्टाका लागि बन्द रहने छन् जसमा कैमुर, भोजपुर, औरंगाबाद, रोहतास, बक्सर, नवादा, पश्चिम चम्पारण, समस्तीपुर, लखीसराय, बेगुसराय, वैशाली र सारण समावेश छन्। बिहारको गृह विभागले यो आदेश जारी गरेको हो ।

    यी जिल्लाहरुमा दुई दिन दिउँसो २ बजेसम्म इन्टरनेट सेवा बन्द रहनेछ । सरकारले बिहारका धेरै जिल्लामा इन्टरनेट र टेलिफोन, मोबाइल सेवा एकैसाथ बन्द गर्ने निर्णय गरेको यो पहिलो पटक हो । सरकारको यो निर्णयअनुसार १२ जिल्लामा दुई दिनका लागि इन्टरनेट, टेलिफोन, मोबाइल लगायतका सामाजिक सञ्जालका धेरै प्लेटफर्म एकैपटक बन्द गरिएको छ ।

    प्रतिकृया दिनुहोस