• समाचार

    सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार आरोपमा दुई जना पक्राउ, दुई फरार

      ओमकार टाइम्स

    दाङमा सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार भएको छ।सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् भने दुई फरार छन्।

    पक्राउ पर्नेमा तुलसीपुर–५ का २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरी रहेका छन्। फरार अन्य दुई जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिए।

    तुलसीपुर उपमहानगरपालिका–५ बस्ने युवतीमाथि चार जना युवाले बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–९ दोघरेस्थित नयाँ बन्न लागेको एउटा घरमा लिएर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस