• अर्थ

    सेयर बजार– डेढ घन्टामा ५० अंकभन्दा धेरैको गिरावट

      ओमकार टाइम्स

    आज सोमबार कारोबारमा आएको डेढ घण्टामै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५० अंकभन्दा धेरैको गिरावट आएको छ । बिहान ११ बजेदेखि कारोबारमा आएको नेप्से परिसूचक साढे १२ सम्मको समयावधिमा ५२ अंकले घटेको हो ।यो समाचार तयार पार्दा सम्ममा नेप्सेमा आज ५२ अंकको गिरावट आएर परिसूचक १८ सय ८१ अंकको बिन्दुमा पुगेको छ ।यसक्रममा आज ७५ करोड ७२ लाख ९३ हजार रुपैयाँ बराबरको २३ लाख ६१ हजार कित्ता सेयर किनबेच भएको छ ।

    यस अवधिसम्म नेप्सेमा जम्मा ३ कम्पनीको सेयर उकालो लागेको छ । भर्खरै आईपीओ बाँडफाँड भएका दुई वटा कम्पनी र नेपाल इन्भेष्टमेन्ट बैंकले ल्याएको डिबेन्चरमा वृद्धि देखिएको छ ।सीवाई नेपाल लघुवित्त वित्तीय संस्थामा ९ प्रतिशतभन्दा धेरैको वृद्धि आएको छ भने आँधीखोला लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य ८ प्रतिशत हाराहारीले बढेको छ ।

    प्रतिकृया दिनुहोस