• फिचर समाचार

    विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

      ओमकार टाइम्स

    काठमाडौं । झापा, चितवन, नवलपरासी (पश्चिम) र काठमाडौंमा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । झापाको झापा गाउँपालिका-२ सिर्जना बस्तिस्थित खेतमा सोही ठाउँ बस्ने ५५ वर्षीय बीर बहादुर गोले आइतबार मृत अवस्थमा फेला परेका छन् ।

    चितवनको रत्ननगर नगरपालिका-३ बन्सीस्थित कयर खोलामा खैरहनी नगरपालिका-१ वयर गोरखाली टोल बस्ने ६० वर्षीय शुक बहादुर सार्की आइतबार मृत अवस्थामा फेला परेका छन् ।

    नवलपरासी (पश्चिम)को रामग्राम नगरपालिका-१६ जमुनियास्थित सिएम इँटा उद्योग प्रालि नजिकै रहेको पोखरीमा सोही उद्योगमा काम गर्ने दाङ लमही नगरपालिका-८ सतबरिया बस्ने ३५ वर्षीय त्रिपाल चौधरी आइतबार मृत अवस्थामा फेला परेका छन् ।

    काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-४ ढुङगेधारास्थित खाली चौरको छेउमा हाल पहिचान नखुलेका अन्दाजी ५० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

    प्रतिकृया दिनुहोस