• फिचर समाचार

    जनकपुरधामकाे बाँसबारी होटेलमा आगलागी

      ओमकार टाइम्स

    जनकपुरधाममा एक होटलमा आगलागी भएको छ । जनकपुरधाम स्थित भैरव चोकमा मंगलबार बिहान बाँसबारी होटलको भान्छाघरबाट लागेको आगोले सम्पुर्ण सामग्री जलेर नष्ट भएको छ ।नेपाली सेना र प्रहरीले संयुक्तरुपमा आगो नियन्त्रणमा लिएको छ ।

    आगलागीबाट १५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको धनुषाका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।आगलागीको कारण अहिलेसम्म खुलिनसकेको उनले बताए । सो होटलका सञ्चालक भरत साह हुन् ।

    प्रतिकृया दिनुहोस