• समाचार

    रुस युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ : मन्त्री बडू

      ओमकार टाइम्स

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले रुस–युक्रेन युद्धका कारणले पेट्रोलियम पदार्थको मूल्य बढिरहेको जानकारी दिएका छन् । आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै मन्त्री बडूले पछिल्लो समय प्राप्त मूल्यसूची बढेर आइरहेको बताए ।तर, मूल्य बढेर आएपनि नेपाल आयल निगमले आफू घाटामा रहेर बिक्री गरिरहेको छ । ‘मुलुकभरि सबैभन्दा बढी पेट्रोलको खपत बढी हुन्छ,’ मन्त्री बडूले भने, ‘पछिल्लो दुई महिनामै उपत्यकामा १ लाखभन्दा बढी लिटर पेट्रोल खपत बढेको छ ।’

    अन्तर्राष्ट्रिय बजारबाट पेट्रोलको मूल्य बढेर आउँदा बढाउने र घटेर आउँदा घटाउने गरिरहेको मन्त्री बडूले बताए । पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको १० रुपैयाँ पूर्वाधार कर हटाइएको मन्त्री बडूको भनाइ छ ।‘यस्तै, सरकारी निकायले कम्तीमा २० प्रतिशत पेट्रोलियम पदार्थको खपत घटाउने निर्णय अघि बढिसकेको छ,’ मन्त्री बडूले भने, ‘एलपी ग्यासको घरायसी र व्यावसायिक मूल्य अलग–अलग कायम राख्ने व्यवस्था छिट्टै व्यवहारमा ल्याइने छ ।’

    प्रतिकृया दिनुहोस