• समाचार

    सेटिङमा लाइसेन्स बाँड्ने यातायातका दुई पूर्वप्रमुख र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा

      ओमकार टाइम्स

    काठमाडौं । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र कार्यालयका दुईजना पूर्वप्रमुखविरुद्ध सेटिङमा लाइसेन्स बाँडेको आरोपसहित विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पूर्वप्रमुखहरु सम्बरबहादुर कार्की र राजुभाइ कुस्मासहित अन्य कर्मचारी र पाँच जना विचौलियाविरुद्ध मुद्दा दर्ता भएको छ ।

    मेकानिकल इन्जिनियरहरु विजयराज गिरी, सहायक स्तर (पाँचौं) कमल स्याङ्तान र सिनियर मेकानिक्स अच्युतप्रसाद फुयालविरुद्ध पनि मुद्दा दायर भएको छ । ७ जना कम्प्युटर अपरेटरलाई पनि प्रतिवादी बनाइएको छ ।आर्थिक वर्ष २०७७/७८ र ०७८/७९ मा १४ महिनाको अन्तरमा नवीकरण नभएका र रद्ध भएका लाइसेन्सको नाममा ५३३ थान नयाँ लाइसेन्स जारी गरिएको आरोप लागेको छ ।

    प्रतिकृया दिनुहोस