• विदेश

    अफगानिस्तान भूकम्प अपडेट : मृत्यु हुने संख्या १ हजार पुग्यो

      ओमकार टाइम्स

    काठमाडौं । पूर्वी अफगानिस्तानस्थित पक्तिका प्रान्तमा बुधवार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ हजार नाघेको बीबीसीले जनाएको छ ।

    मिडिया रिपोर्टका अनुसार उक्त भूकम्पमा परी १५ सय जना भन्दा बढी घाइते भएका छन् । घटनाको क्षति बारे थप विवरण आउन अझै बाँकी छ ।पक्तिका प्रान्तमा बुधवार बिहान ६। १ म्याग्निच्युटको भूकम्प गएको थियो भने उक्त भूकम्पको पराकम्पन अफगानिस्तान सँगसँगै भारत र पाकिस्तानसम्म महसुस गरिएको थियो ।

    प्रतिकृया दिनुहोस