• राजनीति

    काठमाडौं–६ मा स्वतन्त्रबाट मियाको उम्मेदवारी घोषणा, भने– वेथितीविरुद्ध विद्रोह

      ओमकार टाइम्स


    काठमाडौं। युवा राजनीतिकर्मी अब्दुस मियाले प्रतिनिधिसभा चुनावका लागि स्वतन्त्रबाट काठमाडौं–६ मा उम्मेदवारी घोषणा गरेका छन्।उनले शनिबार काठमाडौंको दरबारमार्गमा कार्यक्रमको आयोजना गर्दै स्वतन्त्रबाट काठमाडौं–६ मा उम्मेदवारी घोषणा गरेका हुन्।उम्मेदवारी घोषणा गर्दै मियाले संसदमा युवाहरुको उपस्थिति र राजनीतिमा भइरहेको वेथितीविरुद्धको विद्रोह स्वरुप आफू चुनावमा उठ्न लागेको बताए।

    उनले जनताको सर्वोच्च थलो संसदमा विकासमा नयाँँ नयाँ भिजन भएका व्यक्तिहरुले पुग्न आवश्यक रहेकोले आफू त्यसमा योग्य रहेको दाबी गरे। विगत ५ वर्ष वैकल्पिक राजनीतिक शक्ति निर्माणमा लागेको भए पनि अध्यक्षको राजीनामापछि पार्टी विघटनको अवस्थामा पुगेकोले स्वतन्त्रबाट उम्मेदवारी दिने निर्णयमा पुगेको उनले बताए। आइटी कम्पनी र युवाहरुमाझ नेतृत्व क्षमता विकास गर्ने लिडरसिप कर्नरका संस्थापक तथा प्रमुख कार्यकारी, मोटिभेटरसमेत रहेका अब्दुस मिया परिचित नाम हो।कान्छा राजनीतिकर्मी भनेर चिनिएका अब्दुस विशेष गरी युवामाझ निकै लोकप्रिय छन्।

    प्रतिकृया दिनुहोस