• खेलकुद

    गारेथ बेलले पनि रियल म्याड्रिड छाड्दै, अमेरिकी क्लबबाट खेल्ने

      ओमकार टाइम्स


    म्याड्रिड । वेल्सका कप्तान गारेथ बेलले स्पेनिस क्लब रियल म्याड्रिड छाड्ने भएका छन् । अमेरिकी मेजर लिग सकर क्लब लस एन्जलस एफसीमा उनी जाने पक्का भएको बीबीसीले जनाएको छ ।

    यसै वर्ष मात्र रियल म्याड्रिड र बेलबीच सम्झौता सकिएको थियो । रियल म्याड्रिडका लागि ९ वर्ष खेल्ने क्रममा ३२ वर्षीय बेलले पाँचपटक युरोपियन च्याम्पियन्स लिग जितेका थिए ।

    सन् २०१३ मा रियल म्याड्रिडले विश्व कीर्तिमानी स्थानान्तरण मूल्यमा बेललाई भित्र्याएको थियो । त्यतिबेला टोट्टनहामबाट खेलिरहेका बेल उच्च लयमा थिए । रियल म्याड्रिडसँगको करार सकिएपछि बेललाई टोट्टनहाम र कार्डिफ सिटीजस्ता क्लबहरू भित्र्याउन लागि परेका थिए ।

    तर, उनले लस एन्जलस रोजे । पछिल्लो समय यूरोपका शीर्ष लिग खेल्ने खेलडीहरूले करिअरको अन्तिम समय भएपछि मेजर लिग सकर टिमहरू रोजिरहेका छन् । रियल म्याड्रिडबाट हालसालै मार्सेलोले पनि बिदाई लिएका थिए ।

    बेलकै प्रेरणामा वेल्सले आगामी कतार विश्वकप खेल्दैछ । वेल्सले ६४ वर्षपछि विश्वकप खेल्न लागेको हो ।

    प्रतिकृया दिनुहोस