• खेलकुद

    क्यानडा र स्कटल्याण्ड सिरिजका लागि नेपाली टोलीको घोषणा

      ओमकार टाइम्स

    काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामेवियासँगको त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ।आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्याण्ड र नामेवियासँगको त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको हो।नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत असार २७ देखि साउन १ गतेसम्म स्कटल्याण्ड र नामेवियासँगको त्रिकोणात्मक सिरिज खेल्नेछ।

    नेपाली टोलीः सन्दीप लामिछाने, रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, देव खनाल, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बासिर अहमद, किशोर महतो, पवन सरार्फ, विनोद भण्डारी ।सिरिजअघि यही टोलीले क्यानडासँग दुई एकदिवसीय खेल खेल्नेछ।नेपालले क्यानडासँग दुई एकदिवसीय खेल खेल्नेछ। यसअघि टी–२० खेल खेल्ने बताइए पनि भिसा समस्याका कारण दुई एकदिवसीय खेल मात्रै खेल्नेछ। नेपालले असार २० र २१ गते क्यानडासँग खेल्नेछ।

    प्रतिकृया दिनुहोस