• राजनीति

    महिला सहभागिताबारे संसदमै कांग्रेस र माओवादी नेतृको धारणा बाझियो

      ओमकार टाइम्स


    काठमाडौं, आगामी निर्वाचनमा महिला सहभागिताबारे प्रतिनिधिसभामा प्रमुख दल कांग्रेस र माओवादी केन्द्रकी सांसदको मत बाझिएको छ । कांग्रेस सांसद पुष्पा भुसाल र माओवादी नेतृ रेखा शर्माको मत बाझिएको छ ।

    सांसद भुसालले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको माहोल सुरु भइसकेकाले प्रमुख दलहरूले निर्वाचनमा महिलाको प्रतिनिधित्व बढाउन छलफल थाल्न आग्रह गरिन् । उनले महिलालाई ५० प्रतिशत छुट्याउनुपर्ने उनले माग गरिन् ।

    भुसाललगत्तै आफ्नो धारणा राख्दै माओवादी सांसद रेखा शर्माले भने महिला सहभागिता ३३ प्रतिशत बनाउन कानुनमै बाध्यात्मक व्यवस्था गर्नुपर्ने माग गरिन् । उनले स्थानीय तहको निर्वाचनमा पनि महिला प्रतिनिधित्व घटेको उल्लेख गर्दै त्यसलाई सच्याउन पनि अनिवार्य रूपमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था हुनुपर्ने उनले बताइन् ।

    प्रतिकृया दिनुहोस