• फिचर समाचार

    दिलमाया सुनार मृत्यु प्रकरण : ‘प्रेमी’लाई ५ दिन हिरासतमा राख्न अनुमति

      ओमकार टाइम्स

    काठमाडौं । लोकदोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेका उनका प्रेमी भनिएका सूर्य श्रेष्ठलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। दिलमायाका बुबा केशर बिकले श्रेष्ठबिरुद्ध किटानी जाहेरी दिएका छन्।

    उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको बालाजु प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए।

    नेपालटारस्थित डेरामा शनिबार बिहान मृत अवस्थामा भेटिएकी दिलमायाको मृत्यु अहिलेसम्म शंकास्पद नै देखिएको छ। पोस्टमार्टमको रिपोर्ट आएपछि यसबारे स्पष्ट हुने प्रहरीले बताएको छ।

    प्रतिकृया दिनुहोस