काठमाडौँ- रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि दुई दिनमा ६२ हजारको आवेदन परेको छ ।
बिहीबार राति १२ बजेदेखि आवेदन फारम भर्न खुला गरिएको भाषा परीक्षाका लागि शनिबार रातिसम्ममा ६१ हजार ९७८ जनाको आवेदन परेको हो । यही चैत १७ गतेसम्म भाषा परीक्षामा सहभागी हुन आवेदन दिन सकिनेछ ।
परीक्षा शुल्क २४ अमेरिकी डलर तोकिएको छ । परिक्षा शुल्क ग्लोबल आइएमई बैंकमा बुझाउनु पर्नेछ । तर, शुल्क बुझाउन बैंक र्नै पुग्नु नपर्ने शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।
उनका अनुसार अघिल्लो वर्ष जस्तो बैंकमा लाइन लागेर मात्रै पैसा बुझाउनु पर्दैन । अनलाइनबाटै पैसा बुझाउन सकिन्छ । त्यसका लागि इसेवा, आइएमई पेलगायत माध्यम प्रयोग गर्न सकिने उनले जानकारी दिए ।
कोरियाली भाषा परीक्षा आगामी जेठ २५ र २६ गते हुनेछ भने आगामी असार १३ गते नतिजा प्रकाशन गरिने इपिएस कोरिया शाखाका निर्देशक खनालले जानकारी दिए ।
प्रतिकृया दिनुहोस