• विदेश

    फिलिपिन्स भूकम्प अपडेट : ५ जनाको मृत्यु, सयौँ पराकम्पपछि स्थानीय त्रसित

      ओमकार टाइम्स


    भूकम्पबाट प्रभावित उत्तरी फिलिपिन्समा सयौं परकम्प आएका छन् । पुनः भूकम्प आउने त्रासमा उत्तरी फिलिपिन्सका बासिन्दा बाहिरै सुतेका छन् । प्रभावित क्षेत्रको राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले निरीक्षण गरेका छन् ।

    अब्रा प्रान्तमा बुधबार बिहान ७ दशमलब १ म्याग्‍निच्यूडको भूकम्प जाँदा ५ जनाको मृत्यु हुनुका साथै १५० भन्दा बढी घाइते भएका थिए ।

    शक्तिशाली भूकम्पका कारण राजधानी मनिलाबाट सयौं किलोमिटर टाढा अब्राका भवनहरू भत्किएका छन् भने र अग्ला टावर लडेका छन् । प्रभावित क्षेत्रका केही स्थानमा पहिरो समेत गएको छ ।

    प्रतिकृया दिनुहोस