• राजनीति

    अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री देउवासँग भेट्ने

      ओमकार टाइम्स


    काठमाडौं। संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै छन्।

    सहायक विदेशमन्त्री लु आज साँझ काठमाडौं आइपुग्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ।

    यसअघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसकेका उनी दुई दिनसम्म नेपालमा रहने र विभिन्न भेटवार्ता तथा कार्यक्रममा सहभागी हुने स्रोतले जनाएको छ।

    सहायक विदेशमन्त्री लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्नुका साथै काठमाडौंमा हुने एक अवार्ड वितरण कार्यक्रममा सहभागी हुनुहुने बुझिएको छ।

    प्रतिकृया दिनुहोस