• समाज

    कैलालीमा गाईसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

      ओमकार टाइम्स

    कैलालीमा दुर्घटनामा एकजनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुरमा गए राति गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धनगढी–१ का ५५ वर्षीय निर्मल हमालको ज्यान गएको हो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको से ६प ८०२८ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि चालक धनगढी–३  विशालनगरका वीरेन्द्र शर्मासमेत घाइते भएका छन् ।

    \उनको अनुहारमा चोट लागेको छ । पछाडि सवार हमालको टाउकोमा चोट लागेको थियो । उनको उपचारका क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस